महोत्तरीमा हिन्दु र मुसलमान दुई समुदायबीच झडप, ३ जना घाइते

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

५,फाल्गुन.२०८०,शनिबार १५:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्