केयूकेएलमा सिइओ छनोटका लागि ३ जनाको नाम सिफारीस, खानेपानी सचिव धर्मसंकटमा((भिडियो सहित)

काठमाडौं । खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को सिइओ छनोट प्रक्रियाका विषयमा कुरा उठान गरेको ५ दिनका दिन सिइओ छनोट समितिले सिइओका लागि ३ जनाको नाम अन्तरवार्तासहित नियुक्तिको लागि सिफारीस गरेको छ ।

पुस २६ गतेको अन्तरबार्ता लिएपछि ३ जनाको नाम नेपाली जनता अनलाइन पत्रिकाले माघ ३ गते नै सार्वजनिक गरेको थियो । तीनै ३ जनाको विषयमा सार्वजनिक बहस चलिरहदाँ केयुकेएलको सिइओ छनोट समितिले फाल्गुण ५ गते तीनै विवादमा परेका पात्रहरुको नाम सार्वजनिक गरेको छ । सिइओ छनोट समिति र केयुकेएल संचालक समितिलाई प्रति व्यक्ति ५ लाख घुष खुवाएको कुरा सार्वजनिक भइसकेपछि त्यसै विषयलाई आधार मानेर खानेपानी मन्त्रालयका सचिवले केयुकेएलको एक सार्वजनिक समारोहमा कुरा समेत उठान गरेका थिए ।

केयूकेएलमा सिइओका लागि ८ जनाले दरखास्त हालेकोमा ७ जनाले कार्यपत्र प्रस्तुति र अन्तरबार्तामा सामेल भएका थिए । ७ जनाबाट ३ जनामा अशोक कुमार पौडेल, उमेशबाबु मरठ्ठा र डा डोल प्रसाद चापागाईको नाम र प्राप्त अंक समेत सार्वजनिक भएको थियो । सिइओ छनोट समितिले पहिले नाम सार्वजनिक भएका तीन जनाको नाम सिइओ छनोटका लागि सिफारीस गरेर आफ्नो आङको धुलो टंकटकाएको छ ।

फाल्गुण १ गते खानेपानी सचिवले सार्वजनिक समारोहमा व्यक्त गरेका अभिव्यक्तिकाबारेमा सर्वत्र चासो र चर्चा चलेको छ । उनले भनेका छन, “केयुकेएलको सिइओ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नयाँ सिइओलाई काम गर्न दिनु पर्छ, तर सिइओ छनोटका विषयमा पत्रपत्रिकामा अफाहा फैलिएको छ । यदि पत्रपत्रिकामा आए जस्तै अंक भार र नाम छनोट समितिले सर्वाजनिक गरेमा त्यसलाई मन्त्रालयले मान्यता दिन बाध्य हुने छैन, र मान्यता दिदैन ।”

केयुकेएलको सिइओ छनोटमा एशियाली विकास बैक नेपालका एजेन्टहरुको विशेष चासो रहेको छ । एशियाली विकास बैकका नेपालका प्रतिनिधि, र उनका नेपाली एजेन्टहरुको रोजाइमा अशोक कुमार पौडेल परेका छन । उनी एमाले नेता विष्णु प्रसाद पौडेलका नातेदार पनि हुन । राष्ट्र बैकमा युवराज खतिवडा गर्भनर हुदाँ उनी खतिवडाका विश्वास पात्र र पिए समेत बसेका थिए । उनले अहिले एशियाली विकास बैकको वित्तिय परामर्शदाताका रुपमा समेत काम गर्दै आएको पनि समाचार स्रोतहरुले दावी गर्दै आएका छ ।

त्यसै गरि दोस्रो नम्बरमा सिइओ छनोटका लागि सिफारीस भएका ईन्जिनियर उमेशबाबु मरठ्ठा प्रधानमन्त्री पुष्पकमल दाहालका साथिका छोरा हुन । उनी प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्रका मतदाता समेत रहेका छन । त्यसैले उनी प्रधानमन्त्रीको रोजाईमा परेका उम्मेदवार हुन ।

तेस्रो नम्बरमा सिइओ छनोटका लागि सिफारीस भएका डा इन्जिनियर डोल प्रसाद चापागाई केयुकेएलको आधिकारी युनियनको बल र गृह मन्त्री नारायणकाजी श्रेष्ठको रोजागाईका उम्मेदवार भएको समाचार स्रोतको दावी छ । उनको पछिल्लो पटक प्रधानमन्त्री दाहालको किचन क्याविनेटको समर्थन समेत रहेको र पूर्व केयूकेएलका सिइओ मिलनकुमार शाक्यको आड भरोसा मात्र हैन । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पुत्रीको समेत विश्वास पात्र भएको थाहा भएको छ । उनी मार्फत खानेपानी मन्त्रीको पनि उनी आए हुने थियो भन्ने भित्रि चाहाना रहेको समाचार स्रोतको दावी छ । तर, खानेपानी मन्त्रीले आफ्नो अभिव्यक्ती हालसम्म सार्वजनिक नगरेको सरोकारवालाहरुको भनाइरहेको छ ।

सचिवको सार्वजनिक समारोहमा व्यक्त अभिव्यक्ति भिडियोमा

केयूकेएल सिइओ छनोट प्रक्रियाका विज्ञको विज्ञतामा विर्को, मुल्याङन प्रक्रिया कार्यविधि विपरित

६,फाल्गुन.२०८०,आईतवार ०८:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्