नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारीस, भट्टको पल्ला भारी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम ३ जनको नाम छनोट भएको छ ।

उक्त पदका लागि आवेदन दिएका १३ जना मध्ये पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि फाल्गुण ५ गते अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो ।

गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डा. डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकले यी ३ मध्ये एक निगमको कार्यकारी निर्देशक नियुक्त हुने छन् ।

गोरखाका चण्डिाका प्रसाद भट्ट र चितवनका डा. ्डोलप्रसाद चापागाईं वीच कडा प्रतिस्पर्धा देखिएको छ । चापागाईले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सिइओमा पनि तीन जना भित्र नाम सिफारीस भएको छ ।

प्राप्त समाचार अनुसार,चण्डिकाप्रसाद भट्टलाई नै आयल निगमको कार्यकारी निर्देशक बनाउने तयारी भएको बुझिएको छ । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीको आर्शिवाद रहेको पनि समाचार स्रोतले दावी गरेको छ ।

भट्ट केमिकल सम्बन्धीत क्षेत्रका पिएचडी डाक्टर भएको र हाल उद्योग मन्त्रालय अन्तरगतको विषेश आर्थिक सुधार आयोजनाका कार्यकारी निर्देशक रहेका छन । उनी पहिले पनि आयल निगमको कार्यकारी निर्देशक भइसकेका छन । उनी गोरखाका नेपालीका कांग्रेसका दाता समेत रहेको समाचार स्रोतको दावी छ । भट्ट उद्योग मन्त्रालयका उपसचिवमा कार्यरत छन । भट्टले नै आयल निगमको कार्यकारी निर्देशकमा बाजी मार्ने संकेत देखिएको छ ।

६,फाल्गुन.२०८०,आईतवार १०:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्