एनआईसी एसिया बैंकको भित्री अवस्था भयावह ?

काठमाडौं । राष्ट्र बैंकको अनदेखामा ‘कन्टेन्ट एड’को सहारा एनआईसी एसिया बैंकको व्यवस्थापनको लापरबाहीका कारण भित्री अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको छ ।

त्यसलाई ढाकछोप गर्न राष्ट्र बैंकका अधिकारीहरूले सघाइरहेका छन् र त्यसैको आडमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै ‘कन्टेन्ट एड’को सहारामा बैंकले आफूलाई अब्बल रहेको प्रचारबाजी गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०ले नेप्सेमा सूचीकृत संगठित संघसंस्थाहरूको वर्गीकरण गर्दा आफूलाई उत्कृष्ट बैंक भनी मनपरी प्रचारबाजी गर्दै आएको एनआईसी एसिया बैंक ‘ए’ समूहमा पर्न समेत असमर्थ रहेको छ र ‘बी’ समूहमा सूचीकृत हुन पुगेको छ ।

अरू आठवटा बैंक ‘ए’ समूहमा पर्दा आफूलाई ‘उत्कृष्ट’ बैंकको स्वघोषणा गर्दै आएको एनआईसी एसिया त्यसमा पर्न नसकेर ‘बी’ समूहमा सूचीकृत हुन पुग्नुले त्यसको भित्री आर्थिक अवस्था भयावह बन्दै गएको स्पष्ट भएको छ । एनआईसी एसिया बैंकमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै थुप्रिएको बैंक व्यवस्थापनले ‘ओभर भ्यालुएसन’ गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला हुँदैमा ‘प्राइम लोकेसन’को धितो लिलामीको नाममा जफत गर्नेगरेको छ ।

६,फाल्गुन.२०८०,आईतवार १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्