अमेरिकी डलरसँगै घट्यो पाउण्डको भाउ, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउण्ड एकको खरिदमा १६६ रूपैयाँ ८९ पैसा र बिक्रीमा १६७ रूपैयाँ ६४ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४२ रूपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४२ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८७ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १५ पैसा तोकिएको छ।

६,फाल्गुन.२०८०,आईतवार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्