आज विहान तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइतेको हुर्दै उपचार

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका(१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

७,फाल्गुन.२०८०,सोमबार ०८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्