नेपाली बजारमा बुधबार पनि बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ।

मंगलबार स्थिर रहेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

९,फाल्गुन.२०८०,बुधबार ११:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्