इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ, तीन प्रदेशको ९ स्थानिय तहमा परियोजना सञ्चालन हुने

चितवन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेका छन् । बुधबार भरतपुरमा आयोजित एक कार्यक्रमकोबीच सो परियोजनाको समुदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र विशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन् ।

ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार वर्ष सम्म संचालन हुनेछ। यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्णरूपमा सहयोग गर्ने बताइन् ।

त्यस्तै, कार्यक्रमका विशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने विषयमा जोड दिइन् । उनले भनिन, यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा व्यक्त गरिन् ।

त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए । क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बांकी नराख्ने प्रतिबधता व्यक्त गरे ।

कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए । उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे ।

यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन । त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गरे । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए ।

कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए ।

क्रिएशन नेपालकी महासचिव सुजाता कोइराला सहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथी तथ विशिष्ट अतिथिहरूलाई न्यानो स्वागतका गरेका थिए ।

इयुको सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन ।

सो अबसरमा प्लाष्टिक सर्कुलरिटीप्रति हाम्रो प्रतिबद्धता देखाउँदै क्रिएशन क्षेत्रीय कार्यालय भित्रको मटेरियल रिकभरी फेसिलिटी (MRF) को भ्रमणको साथ कार्यक्रम अनौपचारिक सत्रमा सारिएको थियो। क्षेत्रीय कार्यालयको मैदान पनि कन्दुक इन्डस्ट्री, इको-रिभाइभ, क्लिनिट नेपाल जस्ता विभिन्न १० वटा क्लाइमेट स्मार्ट उद्यमी स्टलहरूले भरिएको थियो, जसले आफ्नो पर्यावरणमैत्री र दिगो उत्पादनहरू प्रदर्शन गर्दै थियो, जसमध्ये एउटा स्टलले हाम्रो ज्याकेटहरू प्रदर्शन गर्ने क्रिएशनको स्टल पनि थियो। 100% रिसाइकल PET बोतलहरूबाट बनेको हो

९,फाल्गुन.२०८०,बुधबार १५:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्