गुल्मीमा २१ वर्षका टिकाबहादुर कुमाल जंगलमा मृत फेला

गुल्मी । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ ।

युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

९,फाल्गुन.२०८०,बुधबार १६:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्