पर्वतको फलेवासमा पाँच दिवसीय श्रीमद्भागवत गीता ज्ञान महायज्ञ

पोखरा । पर्वत फलेवासमा पाँच दिवसीय श्रीमद्भागवत गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारीज फलेवास पर्वत शाखाद्वारा आयोजित पाँच दिवसीय ज्ञान महायज्ञ बुधवार सकिएको हो ।

गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्सालले प्रमुख अतिथ्यतामा महायज्ञ सम्पन्न भएको हो । समापन कार्यक्रममा पूर्व मन्त्री लम्सालले ब्रह्माकुमारीज बिग्रिँदो समाजलाई राम्रो बाटोतर्फ दोहोराउने काम गरेको बताए ।

‘आज हाम्रो समाज कुम्भकर्ण जस्तै आवश्यकताभन्दा बढी खाने, बढी सुत्ने, डाहा गर्ने, रिस गर्ने कुम्भकर्ण बनेर सुतेको छ यो समाज । त्यो कुम्भकर्णको कानमा बहिनीहरू (ब्रह्माकुमारीज) पानी हालेर जगाउनुपर्नेछ,’ उनले भने ।

उनले थपे, ‘हामीले हाम्रो देशमा काम गर्छु भन्यो भने सहज रूपमा पाउन सकिँदैन । तर, पवित्र भावनाले लिएर ग¥यो भने काम गर्न सकिन्छ । यो सबै कुरा त्यहाँ जाने हो भने पाउन सकिन्छ ।’

महायज्ञमा उत्साहजनक उपस्थिति रहेको शाखाकी प्रमुख सञ्चालिका जानकी पौडेलले जानकारी दिइन् । ‘उत्साहजनक उपस्थिति भएको । राम्रो अनुभूति गर्नुभएको छ । विद्यार्थीहरू, शिक्षकहरु पनि सहभागी हुनुभएको थियो । उहाँहरूले छुट्टिखालको आनन्द महसुस भएको बताउनुभएको थियो,’ उनले भनिन् ।
केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधिश डा चिद्घन चैतन्य स्वामीको उपस्थिति ज्ञान महायज्ञको सुरुवात भएको थियो ।

९,फाल्गुन.२०८०,बुधबार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्