
काठमाडौ । काठमाडौ हुम्ला चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।
अनुसन्धान गरी अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली र असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाविरूद्ध मुद्दा दायर गरेको छ।
त्यस्तै तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा ३ का अध्यक्ष सालिग्राम ऐडीविरूद्ध पनि मुद्दा दायर भएको हो।
उनीहरूले फिल्ड निर्माण कार्यमा वास्तविक काम भएको भन्दा बढी मूल्यांकन गरेको अख्तियारले जनाएको छ।
उनीहरूले काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार ४२६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको प्रवक्ता घिमिरेले बताए।
उनीहरूमाथि बिगो जफत गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्