सामाजिक सञ्जालमा आदानप्रदान भएका गोप्य फोटो/भिडियो युवतीका आफन्तलाई पठाएर फरार भएका युवा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा आदानप्रदान भएका गोप्य फोटो भिडियो युवतीका आफन्तलाई पठाएर साइबर अपराध गरेको आरोपमा युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले नुवाकोटको शिवपुरी स्थायी घर भई काठमाडौंको टोखा बस्दै आएका २७ वर्षीय थापा पक्राउ परेका हुन्।

ब्युरोमा पीडित युवतीले जाहेरी दिएपछि थापा फरार भएका थिए। थापालाई पक्राउ नगरी अभियोग पत्र दायर भएको थियो।

सामाजिक सञ्जालमार्फत चिनजान हुनेक्रममा थापाले पीडित युवतीले पठाएका गोप्य अंगका फोटो र भिडियोहरू सम्बन्ध बिग्रिएपछि आफन्तहरूलाई पठाएर यातना दिएको आरोप छ।

१०,फाल्गुन.२०८०,बिहीबार १४:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्