केयूकेएलको सिइओ नियुक्तीमा एडिवीको लगानी, भट्टराईसँग जोडिएका केयूकेएलका कर्मचारीले पनि गरे अर्थ संकलन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) संचालक समितिले लामो प्रसव पिडापछि एक थान सिइओ नियुक्ती गरेर मालिकलाई रिझाउने प्रयास गर्दै झारो टारेको छ ।

सधै प्राविधिक कर्मचारीहरुको विकास, प्रगति र व्यवस्थापकिय क्षमता अब्वल भएको देख्ने प्राविधिक तर्फका उच्च प्रशासक छन । तर, केयूकेएलको संचालक समितिका सबै प्राविधिक सदस्य भएको बैठकले प्राविधिक कर्मचारीहरु भन्दा अब्बलचाँहि अर्थ प्रशासन क्षेत्रकै कर्मचारी देखेर केयूकेएलको सिइओमा पूर्व राष्ट्र बैकका निर्देशक अशोक कुमार पौडेललाई नियुक्ति गरेर प्राविधिक कर्मचारीहरुको मानमर्दन मात्र गरेनन, उनीहरुले प्राविधिक कर्मचारीहरु व्यवस्थापकिय हिसावले कमजोर हुन्छन, भन्ने नजिर समेत स्थापीत गरेका छन ।

२०८० साल असोज २३ गते केयूकेएलको संचालक समितिको उपसमिति पदपूर्ति समितिले खुल्ला विज्ञापन गरेको थियो । सिइओ छनोट कार्यविधि तयारी गर्दा देखि एशियालि विकास बैक नेपाल प्रतिनिधि र नेपाली एजेन्टहरुको स्वार्थ अनुसार उनीहरुकै जोडबलले कार्यविधि तयारी गर्दा देखि नै सेटिङ्ग अनुसार काम भएको कार्यविधिको सार र मुलभूत अन्तरबस्तु समेटिएर तयार पारिएका काल्पनीक कार्यविधिका बुदाँ केलाउदा देख्न सकिन्छ ।
कार्यविधि बनाउने व्यक्ति र समुहहरुको एशियाली विकास बैकका एजेन्ट र खानेपानीका माफियाहरुको अस्वभाविक उठबसले पनि पुष्टि गर्दछ र भविष्यमा प्रतिफलले पनि यसको प्रमाणिकताले पुष्टि अबश्य पनि गर्ला नै ?

धेरै खानेपानीका क्षेत्रमा जोडियका प्राविधिक पूर्व कर्मचारीहरुको लगाव र भविष्यमा पूर्व हुनेहरुको स्वार्थ केयूकेएलको सिइओ नियुक्तिमा कतै न कतै झल्कीएको देखिन्छ । पूर्व सिइओ मिलनकुमार शाक्यको बर्खास्तीदेखि अहिले अशोक कुमार पौडेल सिइओ नियुक्तिसम्मका घटनाक्रम र केहि ढिलासूस्ती र केहि तदारुक्तालाई केलाउने हो भने पनि कहि न कहि तारतम्य मिलेको देखिन्छ ।

यो तारतम्य जानेर गरियो, वा अन्जानमा गरिएको हो त्यो गर्ने र गराउने पात्रहरुलाई अवश्य पनि थाहा होला ? जनतालाई स्वच्छ र शुद्ध पानी खुवाउने उदेश्य भन्दा पनि नेपाली जनतालाई ठूलो ऋणमा डुवाउने र एशियाली विकास बैकलाई धनी बनाउने गुप्त खेलको भुमरीमा हामी नेपाली फसी सकेका छौ अब यसबाट उम्कने प्रयास निरर्थक हुन सक्छ । पूर्व सचिवहरु ५८ बर्ष सरकारी सेवा गरिसकेपछि आरामको जीवन जिउनु पर्नेमा बुढौलि अनुहार लिएर एशियाली विकास बैकको एजेन्टकारुपमा उनीहरुका फाइल बोकेर आफुभन्दा जुनियरलाई फकाउने काममा अहोरात्र व्यस्त देखिनु देश र जनताको हितमा भन्दा देश र जनताको र्दुभाग्यका रुपमा देखिन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो मेलम्ची विकास समितिसँग जोडिएका पूर्व पदाधिकारीहरु संचालक समतिका सदस्यहरु विरुद्ध अदालतमा मुद्धा दायर हुनु ।

केयूकेएलको सिइओमा को हो थिए प्रतिस्पर्धी

केयूकेएलको सिइओ विज्ञापन प्रकाशित गर्दा केयुकेएलमा सिइओको सम्भाव्य उम्मेदवारका रुपमा केयूकेएलका विभागीय प्रमुख प्रकाश कुमार राईको चर्चा व्यापक थियो । सिइओकै प्रतिस्पर्धीहरु अर्जनबाबु ढकालले सिइओ रेसबाट राईलाई हटाउने प्रयास र उपायहरुको खोजिमा निक्कै भौतारीएका थिए । त्यसैगरि रमेश केसीलाई पनि राईकै बढी डर थियो । उनी बाहिर त बोल्न सकेका थिएन, भित्र भित्रै राई भूतले ग्रस्त देखिएका थिए ।

सिइओको विज्ञापन गराउन हर तरहले प्रयास गर्ने अर्जुनबाबु ढकाल तीन जनाको नाम छनोट प्रक्रिया भित्र नै अठाउन सकेनन । केयुकेएल संचालक समितिलाई जसरी भएपनि ढकाललाई तीन जना भित्रै पर्न नदिने योजना विज्ञापन प्रकाशित हुदाँकै वखत थियो । उनीहरुले यसलाई सफल बनाउने प्रयास सफल बनाएरै छाडे । तीन जनामा भित्र प्रकाश राई नपर्ने संकेत पहिलेदेखि अनुमान गरिएको थियो । राईलाई थामथुम बनाउन संचालक समितिले एउटा कुटिल खेल खेल्यो । त्यो खेलको बास्केटमा राई परेपछि उनीहरुलाई केहि आरम मिलेको थियो । राईलाई विभागीय प्रमुख बनाउने र त्यसको जालमा रुमल्याउने खेल शुरु भयो, त्यो थियो केयूकेएलको बजेट । बजेटमा राईलाई घुमाउने र त्यहि उसलाई निस्तेज बनाउने खेल सफल भयो ।

पछिल्लो तीन जनामा नाम निकाल्न सफल डोल प्रसाद चापागाई र उमेशकुमार मरठ्ठा वीचमै लडाउने खेल शुरु भयो । उनीहरुको एउटै च्यानलमा उनीहरुलाई कुदाएर अन्तिममा लडाउने खेल पनि सफल भयो । केयूकेएल भित्रबाट उमेश मरठ्ठा नहुने कुरा धेरै पहिले नै थाहा भएको हो । उनी कागको कुइरो जस्तो भएर लागि रहे । भित्रि खेल उनले बुझ्न सकेनन । भित्रबाट गर्नु पर्ने अवस्था र्सिजना भएमा डोल प्रसादको सम्भावना थियो तर, त्यो खेल भित्रबाट र बाहिरबाट नै रोक्ने अन्तिम दुईरातमा सफलता मिलेको हो ।

बाहिरबाट को र भित्रबाट को लागे ?

केयूकेएलको सिइओ बनाउने खेलमा विगतकै आगतले पनि काम गरेको हो । भित्रबाट केहि उम्मेदवार भएका रेसबाट हटेका र भित्रबाट सिइओ भएमा आफ्नो जागिर जोखममा पर्ने भय भएकाहरु पछिल्लो दुई रात निदाउन सकेनन । उनीहरुको प्रयास केहिहदसम्म सफल भएको छ । केयूकेएलबाटै आर्थिक संकलन गरिएको सूचना समेत आएको छ । उनीहरुले बोर्ड सदस्यहरुलाई रु ५ लखाका दरले पैसा दिएर अशोकलाई सहयोग गरेको सूचना छ । त्यसका लागि एशियाली विकास बैकका सौगात र महेश भट्टराईको मूख्य भूमिका रहेको छ ।

बाहिरबाट पूर्व सचिव सुमन शर्मा, केयूकेएल पूर्वमहाप्रबन्धक महेश भट्टराई जो अहिले एशियाली विकास बैकका राम्रो तलव भत्ता खाएर काठमाडौंको पानीमा काम गर्ने एजेन्टहरु हुन । त्यसैगरि संचालक समिति भित्रका दुई भाईको अथक जोड देखिएको छ । उनीहरु जागिर सकिएपछि भोलि एशियाली विकास बैकमा जागिर खान जाने तयारीको रुपमा यो काम गरेको अनुमान लगाउन मुस्कील पर्ने छैन ।

आर्थिक चलखेल

आर्थिक चलखेल हुर्दै भएन भन्ने आधार छैन । आर्थिक चलखेल गराउने प्रयास शुरुबाटै भएको छ । नौ दिन अगाडी केयुकेएलको सिइओका विषयमा जंगेका खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अहिले किन मुख सूक्यो । उनलाई मनाउन केहि धनराशीको खेल भएको छ । आर्थिक चलखेल मन्त्रालय सचिवदेखि मन्त्रीको सचिवालयसम्म पनि पुगेको स्रोतको दावी छ ।

विज्ञ प्राविधक कि अर्थ प्रशासक

केयूकेएलका शाखाहरुमा प्रशासनको मानिस प्रमुख हुन पाउदैन । केयुकेएल प्राविधिक कलस्टरको कम्पनी हो । खानेपानी मन्त्रालयमा सचिव प्राविधिक हुन पर्ने व्यवस्था छ । मेलम्ची विकास समितिमा प्राविधिक कर्मचारी मात्र प्रमुख हुन पाउँछ । तर, केयूकेएलमा विज्ञ प्राविधिकलाई सिइओ बनाउने भन्र्दै विज्ञताको समेत अन्तरवार्ता लिएको केयूकेएल संचालक समितिले अर्थको मात्र विज्ञता जाँच गरेको देखेर दुनियाँ प्राविधिक कर्मचारीहरुको सिर नुहेको देखिएको छ ।

१०,फाल्गुन.२०८०,बिहीबार १८:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्