मोरङको बुढीगंगा प्रगती टोलमा घरमाथि मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु (भिडियो सहित)

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रगती टोलमाघरमाथि मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । र
शुक्रबार बिहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटनामा एकै परिवारको दुई जना र अर्का एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बुढीगंगा ४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको हो ।

घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । दुर्घटनापछि क्रेनको सहायताले ढुङ्गा र लहरी हटाइएको थियो ।

११,फाल्गुन.२०८०,शुक्रबार १४:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्