नेदरल्यान्डविरुद्ध नेपालको २ परिवर्तन, आरिफ र गुल्सन टिममा फर्किए

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले २ परिवर्तन गरेको छ ।

नेपालले सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा राखेको छ ।

टियु क्रिकेट मैदानमा नेपाल्विरुद्ध नेदरल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी

१३,फाल्गुन.२०८०,आईतवार ०९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्