साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१३,फाल्गुन.२०८०,आईतवार ११:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्