इलाम २ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी अर्जुनविक्रम शाहीको घोषणा

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताएका छन् ।

शाही अफ इन्डस्ट्रिजका संस्थापक शाहीले युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवार दिन चाहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दावी गरेको छ ।

ग्रिन नेपाल अन्तर्गत सफा र स्वच्छ वातावरण बनाउने भन्दै आफूले ३ महिना देखि इलाममा डाटा सर्भे गर्दा अधिकांशले नयाँ र युवा खोजेको र आफू उनीहरुसँग जोडिएको दावी शाहीको छ ।

१४,फाल्गुन.२०८०,सोमबार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्