बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु, ७५ जनाको उद्दार

एजेन्सी । बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।

आगलागीमा परेका ७५ जनाको उद्दार गरिएको बिबिसीले लेखेको छ । ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलानीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरु भएको बताइएको छ । आलो ग्याँस चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ । बंगलादेशमा राम्रो अग्नी सुरक्षा सकर्तका नभएको तथा कमजोर पुर्वाधार भएको भन्दै आगलागीका घटनाहरु धेरै हुँदै आएको बीबीसीले उल्लेख गरेको छ ।

१८,फाल्गुन.२०८०,शुक्रबार १२:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्