पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय मानबहादुरको शव ५ दिनपछि भेटियो

काठमाडौं। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् ।

फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार तामाङको शव पोखरा-१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएका हुन् । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।

मृत भेटिनेमा पोखरा १ कस्केरीका ४० वर्षीय मंगा तामाङ छन् । माछा मार्ने क्रममा सम्पर्कविहीन बनेका तामाङको खोजीमा सुरुमा सशस्त्र प्रहरीको गोताखोर खटिएको थियो । तर गोताखोरले पनि पत्ता लगाउन नसकेपछि बिहीबार बिहान सेती नदीके ड्याम खोलेर पनि खोजिएको थियो ।

१८,फाल्गुन.२०८०,शुक्रबार १४:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्