आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्रतिकुल अवस्था नभएको खण्डमा भने यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।

 

१९,फाल्गुन.२०८०,शनिबार ०९:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्