नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।टियु क्रीकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन् ।

१९,फाल्गुन.२०८०,शनिबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्