बनभोजले जुराएको रामदयालसँगको बदाम गफ, मिशन ८४ पछि के मेरो छोरालाई डाक्टर बनाउने सपना पुरा होला ?

काठमाडौंको कोलाहाललाई छोड्दै २५ किलोमिटर बसमा १ घण्टाको दुरीमा हामी संसारकै परमआन्नदको अनुभुति गर्न पाउँछौ । हाम्रा पुर्खाले तपस्या गरेको तपोभुमी नेपाल स्वर्गकै एउटा टुक्रा हो भन्दा अर्को अर्थ अवस्य पनि लाग्ने छैन ।

यहि तपोभूमिमा अहिले राक्षसराज चलिरहेको छ । यहि राज्यका हामी भाग्यमानी जनता, यहि तपोभूमिलाई स्वर्णपुरी बनाउने संकल्पमा छौ । यहि संकल्प बोकेर हिडेका बदाम बाजे हुन,रामदायल साह ।

दूरदराजका मानिसहरुका कथा र व्यथा सहरीयाहरुका भन्दा अलिक फरक र भिन्न यस अर्थमा पनि हुने गरेका छन । यी भूईमानिसका बारेमा सरकार जानेर पनि बेखवर हुने गरेको देखिएको छ र भोगिएको पनि छ । यो कथा घरपालुवा कुकुरलाई दैनिक एक किलो मासु र दुई लिटर दूध खुवाउनेहरुका लागि दन्ते कथा जस्तो पनि लाग्न सक्छ ।

पद र पावरको वरपर घुमिरहने रहर पुरा गर्ने मानिसहरुले मुलुकलाई दश वर्ष गृहयुद्धमा धकेलेका अनुभव पनि हामी नेपालीले गरेकै हो । रौतहट जिल्लाका स्थायी बासीन्दा रामदयाल शाहहरुकै जस्तो अनुभव र भोगाई अहिले नेपाली राजनितिमा देखिएका राजनितिज्ञ, केहि व्यापारी घराना, निजामति कर्मचारी नेतृत्व, प्रहरी र नेपाली सेनाका अधिकारीहरु पनि टुकि बालेर तीन कोस धाएर शिक्षा हासिल गरेका घर परिवारकै मानिस हुन । तर, उनीहरु जव शक्ति र सक्तामा पुगे तव सबै पुराना कुरालाई पछाडि छोडेर कुकुर पालेर मासु खुवाउन थाले ।

उनीहरुलाई मानिसलाई गास,बास र कपासको पूर्ण ग्यारेन्टी गराउनु पर्छ भन्ने हेक्का रहेन । छोराछोरीलाई राम्रो शिक्षा दिने, विदेशमा पलाएन बनाउने कुरामै बढी समय यीनीहरुको खेर गएको देखिएको छ ।

यो कथा सत्य कथामा आधारीत छ । रामदयाल साह एक प्रतिनिधि पात्र हुन । यो कथामा मैले अलिकति भूमिका किन बाधे भने, आमुल परिवर्तन गर्न कोटेश्वरको घर बेचेर जनयुद्धमा गएका डा बाबुराम भट्टराईले अहिले आएर फेरी एक तले आफ्नै घरको आवश्यकता ठानेर घर बनाए । तर, युद्धताका उनको परिकल्पना नेपालकै सबै गरीव र निमुखा जनताका लागि एक तले घर थियो तर, त्यो सारा सपना आफ्नै एक तले घरमा पुगेर विस्राम लियो ।
माओवादी युद्धमा गएर बाचेकाहरु धेरै अगुवाहरुले काठमाडौंको राजधानीमा आलीनसान बंगला निर्माण भएका छन । हिजो घर छोडेर पर जादाँ गाँस काटेर भात दिनेहरुका दुःख अहिले झन विकराल बन्दै गएका छन ।

लघु वित्त, बैक, सहकारी र साहुले उठीबास बनाएका छन । ती गाँस काटेर भात खुवाउने रुर्दै र कराउदै महीनौ दिन पैदल हिडेर राजधानी आउँदा खुल्ला आकाश मुनिको जमिनमा समेत सरकार बस्न निषेशआज्ञा जारी गर्दछ र आफु मार्सि भातमा डुबुल्की मारिरहन्छ ।
रामदयालहरु बाच्न र बच्चा पढाउन विहानदेखि साँझसम्म बदाम बेच्नबाध्य भइरहेका छन । छोरालाई डाक्टर बनाउने सपना छ, तर, सरकार बाटो खुलाउदैन । सरकार त आज पनि त्यहि कुकुरालाई मासु खुवाउने कै पक्षमा छ ।

मेरा एक जना पुराना मित्र एउटा सरकारी अड्डामा जागिर खान्छन । उनी मेरा दुःखका साथि हुन । उनलाई दुःख पर्दा सकेको मलमपट्टी लगाउने प्रयास त म पनि गर्दछु । उनका र मेरा कतिपय बैचारीक कुरा त मिल्दैनन तर पनि मेरा पर्दाका साथि हुन । उनका गल्ती र कमाजोरी फेला पारेभने म मुखै भन्छु र उनी पनि मेरा कमजोरीमा औला उठाइहाल्छन ।

संयोग उनी अफिसका स्टापसहित बनभोज जाने तयारीमा रहेछन । छलफल चलिरहेकै समयमा पनि उनको अफीसमा टुप्लुक्क पुगे । त्यहि समयमा मेरो पनि चिनजान भएकै एक जना म्याडमले सर पनि बनभोज जानु पर्छ कति दिने, भन्नु भयो । मैले जानु र भनेपछि मेरा मित्रले जाउँन के हुन्छ भनेपछि मैले केहि पैसा दिए ।

तर, बनभोज जाने नजाने कुरामा म दोधारमै थिए । शनिबार (आज) बनभोज थियो । शुक्रबार अर्का भित्रले राती फोन गरेर जानु पर्छ है सर भन्दै फोन गर्नु भयो । अब भने म बनभोज जाने भए । विहान उठेर नित्य कर्म सक्दा सदाको भन्दा ढिला भयो । बनभोज विहान ७ः३० मा बस छुट्ने समय थियो । ७ः३० त मेरो घरमै बजीसकेको थियो । सधै प्रयाः आफ्नै सवारी साधनमा सवार हुने म आजचाहि सार्वजनिक बस चढ्ने र बनभोजको समय कटाउने विचार आयो । बनभोज जान निर्धारित बसको समय कटाउने उदेश्यकसाथ सार्वजनिक बस चढेर बस चढ्ने स्थानसम्म पुग्दा ८ः२० भइसकेको थियो तर, बस छुटेको थिएन । सबै भेला भएर बस बनभोजको स्थान र्जसिंहपौवा लागियो ।

रमाइलो गर्दै बनभोज स्थानसम्म पुगियो । विहानको खाजा खाएपनि बनभोज स्थानबाट केहि मिनेटपछि पुगिने स्थानीय नाम साँगाचोकतिर लागौं ।
त्यो स्थानबाट काठमाडौं, सिन्धुपाल्चोकको भोटेचौर र मेलम्ची समेत देख्न सकिने रहेछ । त्यसले झन मनलाई फुरुङ बनायो । त्यहाँ बदम बेच्न आएका तराई मुलका रामदयाल साह आए । तीनै मेरा मित्रले ५० रुपयाँ मानको ४ माना बदाम किन्नु भयो । रामदयाल उमेरले म भन्दा करिव १० बर्ष कान्छा रहेछन ।

म भने उनीसँग केहि भलाकुसारी गर्न उनकै छेउमा बसे । उनलाई पहिले सोधे तपाईको घर कहाँ हो ? उनले भने मेरो रोतहट । परिवार, छोरा छोरीका बारेमा मेरा प्रश्न उनलाई लक्ष्य गरिरहेका थिए । उनी बेपर्वाह जवाफ दिइरहे । छोरा पठाउन र घर चलाउन उनी विगत ५ वर्षदेखि बदाम बेचेर जीवीका चलाई रहेका छन । छारा १४ बर्षका भए, आठ कक्षामा पढ्छन ।

चार छोरी छन । दुई छोरीलाई पढाउन सकेका छैन । दुई छोरी गाउँमै बसेर पढिरहेका छन । दुई छोरीको विवहा गरिदिएका छन । साँहुसँग रिन लिएर । काठमाडौंको छेउमाबसेर छोरालाई स्कुल पढाउर्दै छोरीहरुको विवहाको ऋण तिर्न कति सकस होला ? तर, हिम्मत हारेका भने छैनन । सरकारले राम्रो शिक्षा निति बनाए छोरा इन्जिनियर र डाक्टर बनाउने उनको इच्छा छ तर, सरकार ती बदाम बेच्नेको भन्दा कुकुरलाई मासु खुवाउनेको हित र रक्षामा निति नियम बनाउँछ ।

मैले उनलाई सोधे सकिन्छ छोरालाई इन्जिनियर र डाक्टर पठाउन भन्दा उनले हिम्मतसाथ भने, पुराना र युद्ध गरेका दलहरुले त कानुन बनाउदैनन तर, नयाँले हामिहरुको पक्षमा केहि गर्लान ?

नयाँहरुको ८४ सम्म रामदयालको छोरा पनि ११ मा बढ्ने हुने छन । ८४ का मिसनवालाहरुले ८५सम्म रामदयालहरुका छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउने निति ल्याए भने हामि तपोभूमिका सन्नतानहरुले देश चाडै स्वर्णपुरी भएको देख्न सक्नेछौं ।

आज रामदयालसँग भेट गराउन संयोजनको भुमिका निभाउनु हुने सबै आदारणीयहरुलाई नमन त गर्नु नै पर्छ । मेरो मात्र हैन रामदयालको पनि नमन ।

१९,फाल्गुन.२०८०,शनिबार २२:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्