त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज फाइनलमा पुग्न नेदरल्याण्ड्स र नामिबिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्याण्ड्स शनिबार नेपालसँग ६ विकेटले पराजित भएको थियो । त्यसअघि शुक्रबार नामिवियालाई हराएको थियो ।

शृङ्खलाको फाइनलमा पुग्न यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । फाइनलमा पुग्ने टीमले नेपालसँग खेल्नेछ । रन रेटका आधारमा नामिबिया अङ्क तालिकाको पुछारमा छ ।

आजको खेल हेर्नको लािग क्यानले नि:शुल्क गरिएको छ।

२०,फाल्गुन.२०८०,आईतवार ०८:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्