त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।

लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ ।

अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् ।

भारी वर्षा हुँदा खेल प्रभावित हुने देखन्छि । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।

नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।

२०,फाल्गुन.२०८०,आईतवार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्