राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकमा भगवती न्यौपाने मनोनयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान-२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको बताए ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन् ।

२०,फाल्गुन.२०८०,आईतवार १५:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्