यूएई भ्रमणकै बेला पदमुक्त हुँदै, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै रहेका बेला पदमुक्त हुने भएका छन् । मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् ।

आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि यएई भ्रमणमा गएका थिए । वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री प्रचण्डले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

२१,फाल्गुन.२०८०,सोमबार १४:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्