जनता समाजवादी पार्टी (जसपा)ले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक,केन्द्रीय कार्यालय बालकुमारीमा जारी

काठमाडौ । काठमाडौ पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी ।

बैठकमा सरकारमा सहभागिता, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ८ बजे बसेको थियो। थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो।

नयाँ गठबन्धन अनुसार सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन हुँदैछ। सत्ता गठबन्धनमा रहने बताएको जसपाले मन्त्रीको नाम भने पठाएको छैन।

२१,फाल्गुन.२०८०,सोमबार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्