गठबन्धन बैठक चलिरहेको बेला सुटुक्क निस्केर प्रधानमन्त्री माधव नेपालको निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट एक्लै निस्केका हुन् ।

मन्त्रीहरुको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन् । अन्य नेताहरु बैठकमै छन् । प्रचण्ड भने निस्केका हुन् ।

उनी माधव नेपाललाई गठबन्धनमा तान्ने हेतु फकाउन गएको अनुमान छ । अहिले नेपालसँग प्रधानमन्त्री प्रचण्ड र निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरिरहेका छन् ।

२१,फाल्गुन.२०८०,सोमबार २०:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्