मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको साेमबार राति निर्मम हत्या गरिएकाे थियाे । ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो ।

 

 

२२,फाल्गुन.२०८०,मंगलवार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्