गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने – सुशिला थिङ(भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा कांग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीको पुरानै अडान सुनाइन्।
अहिलेसम्म सरकार समिति गठन गर्न तयार नभएकाले भोलि पदाधिकारी बैठक बसेर निर्णय गर्ने बताइन्।

सभामुखसँगको बैठकपछि उनले भनिन्,’ हामीले संसदीय छानविन समिमि गठन नभएसम्म सदन कसरी अगाडि लैजाने भन्ने बिषयमा भोलि पदाधिकारी बैठक बसेर छलफल गर्छौँ। र, सदनमा हाम्रो निष्कर्ष राख्छौं।’

उनले गृहमन्त्री लामिछानेले पेश गर्ने राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको बताइन्।

१७,चैत्र.२०८०,शनिबार १३:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्