संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुलाई सभामुखको आग्रह (भिडियो सहित)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ ।

शनिबार सिंहदरबारमासंसदका प्रतिनिधित्व गर्ने दलका मुख्यसचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरेका छन । छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले चैत्र १८ देखि २१ गतेसम्मसदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्नेसहमति भएको उनले बताए ।
उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका बिषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने बिषयमा पदाधिका ुगिने जानकारी दिए । गृहमन्त्रीमा बारेमासंसदीय छानविनसमिति बनाउनुपर्नेअडान कायमै रहेको उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रका प्रमुखसचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए । समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बिामतका छलफल भएको उनले बताए ।

त्यस्तै एमाले मुख्यसचेतक महेश बर्तौलाले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको जानकारी दिए । उनले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनु पर्ने बताए । बर्तौलाले कांग्रेसले उठाएको बिषयमा प्रधानमन्त्री जवाफ दिइसकेकाले राजनीतिक पूर्वाग्रह राख्न नहुने धारणा राखेका थिए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले जवाफ दिन पाउनुपर्ने रास्वपा त्यसका लागिसदैव तयार रहेको बताए । उनलेसंसदको आगामी बैठकसहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।

परियारले कार्यतालिका अनुसार संसदलाईअघि बढाउने बिषयमा छलफल गरेको र राजनीतिसंवादका आधारमा अघि बढ्ने पनि बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दैस निरन्तर विरोध गर्दै आएको छ ,

१७,चैत्र.२०८०,शनिबार १४:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्