रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली परिवारको प्रर्दशनमा आमासहित बच्चा पनि पक्राउ (भिडियो सहि

काठमाडौं । रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले सोमबार सिंहदरबार दक्षिण गेटमा प्रर्दशन गरेका छन ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनु पर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रदर्शनगरेपछि प्रहरीले हस्तक्षेपगरेको थियो । सो क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । रुसीसेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

१९,चैत्र.२०८०,सोमबार २०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्