ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ ।

उक्त खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

७,बैशाख.२०८१,शुक्रबार ०८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्