ललितपुरमा सरुवा पत्र च्यातियो, कार्कीले राखे गुटको बैठक, राईको चल्यो रुवाँबासी ?

कहिल्यै सोचेको थिइन मैले आफ्नै बालसखा विरुद्ध कलमको निभ तिखो बनाउला र उसको मुटुलाई छ्याछ्या हुने गरि लेख्नु पर्ला भनेर । तर, संयोग वा परिवन्धन त्यस्तै भयो ।

लेख्दै जादाँ बुबा र आमालाई ढाँटेर छलेर सतीदहमा पौडि खेल्न गएको र विहान सखाँरै दुध बोकेर गएर कराइमा खनाएपछि गुलियो चिया खाएर घर फर्केको यादले कमलको निभनै भाँचिदिउ जस्तो नलागे पनि हैन ।

आफ्नैका विरुद्ध निर्ममढंगले कलम चलाउदाँ हिजो केहि पर्दा, मर्दा र सजिलो अप्ठ्यारोको साथि, घरपरिवार नातागोता सबैसँगको हातेमालो, वारीपारीका इष्टमित्रको मुहारले मनलाई अमिलो नबनाएको पनि होइन ।

कुनै कुनै मोड यस्ता हुदाँ रहेछन, आफ्ना र आफ्नै विरुद्ध पनि समाचार लेख्नु पर्ने रहेछ । समाचारमा, साथि, भाई, इष्टभित्र,घरपरिवार, नातागोता,चिने जानेका विरुद्ध हैन रहेछ । यी त आफ्ना सधैका प्रिय हुने रहेछ ।

जब माथि बताईका मानिसहरु पनि पदीय दायीत्वमा पुगेपछि आफ्नो अधिकारको दुरुपयोग गर्न उद्दत हुन्छ त्यतिखेर पत्रकारको कलमले समाचार देख्यो भने लेख्छ, त्यो उसको पनि जिम्मवारी हो । त्यसैले केयुकेएलका प्रकाशकुमार राईको बारेको मेरो बुझाइ पनि यहि हो ।

समाचार लेख्नु पर्ने अवस्थाको र्सिजनाकार पनि उनी आफै हुन । समाचारको संकेत मैले भाद्रमा ज्ञानेन्द्रबहादुर कार्कीको समाचार लेख्दका बखत नै गरेको थिए । जसलाई हल्ला फुल्का किसिमले लिइयो । मेरो कामना छ समय अझै खड्की सकेको छैन । तर, यसलाई नजर अन्दाज गर्दै जाने हो भने अहिलेसम्म कमाएको इमान, जमान, हैसियत मात्र हैन, आर्थिक स्रोत समेत गुम्ने अवस्था आएमा म जिम्मेवार हुने छैन ।

आफ्नै कर्मचारीहरुको विवहामा गएर कुकुरको मुत धोकेर आफ्नै हरुवाचरुवाहरुलाई गालि गलौज गर्दा कस्को कद होचो भयो ? अर्कालाई फसाउने खेलमा लाग्दा को वद्नाम हुर्दै छ । साना भूई मानिसलाई सकेर आफु ठुलो हुन सकिर्दैन । आफै भारी अपमान बोकेर बस्नु पर्ने अवस्था नआउँला भन्न सक्दीन । आज तिम्रो बेतुकको घमण्डले साना कर्मचारीहरुले ललिपुरमा सरुवाको पत्र च्यातेर तिम्रो अहंकारलाई चुर चुर मात्र बनाएनन, तिम्रो शेखि पनि झारिदिएका छन । यो आगो आज सानो छ भोली ठुलो नहोला म भन्न सक्दीन ।

तिमी विरुद्ध कार्कीको कार्यकक्षमा बैठकनै बस्ने अवस्था मैले र्सिजना गरेको हुँ कि त्यसको जिम्मेवारी तिम्रो हो ।
मैले देखेको तिमि लिखु खोलाको सतिदह र साँघुमुनीमा पौडि खेल्दा हुने निर्वस्र नै हो । मेरो पनि तिमिले देखेको त्यहि हो । कसैले कसैलाई देखाउनु पर्दैन । त्यो सबै तिमिले तिम्रो र मैले मेरो देखेको र भोगेकै विषय हो ।

कर्म आ–आफ्नो हो । सबैले आफ्नो कर्मको फल खाने हो । तिमिले पनि आकाश र पाताल जोड्ने हैन । खाने दुई छाक भात नै हो ।
कर्मको खेल र पेशागत धर्मलाई पालना गर्नु मेरो कर्तव्य र जिम्मेवारी पनि हो, भन्ने सोचेर कमललाई अझ चिखो बनाउदै कालो मसिले सेता पाना रंङग्याउन विवश भए ।

१२,बैशाख.२०८१,बुधबार २१:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्