बढ्यो अमेरिकी, क्यानेडियन डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८९ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ६४ पैसा र बिक्रीमा १६८ रूपैयाँ ३९ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ०९ पैसा र बिक्रीमा १६७ रूपैयाँ ८५ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ६१ पैसा र बिक्रीमा १४४ रूपैयाँ २५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रूपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ १३ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ६० पैसा र बिक्रीमा ४३५ रूपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १० पैसा तोकिएको छ।

२५,बैशाख.२०८१,मंगलवार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्