क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदै, पहिलो नम्बरमै पालो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ । यदि आजको सुनवाइ पनि स्थगित नभएको खण्डमा एक–दुई दिनमै फैसला आउन सक्छ ।

एक नम्बरमै पालो भएकाले ‘हेर्न नभ्याइने’ मा पर्ने सम्भावना छैन । तर, न्यायाधीसले अरु कुनै बहानामा सुनवाइ टार्न सक्ने आशंकामा सन्दीपका वकिलहरु छन् । गौशाला २६ का कानून व्यवसायी पनि सुनवाइ टार्न खोजिरहेको उनीहरुको दावी छ ।

यदि आज सुनवाइ सुरु भएर सन्दीपको पक्षमा फैसला आयो भने उनी टि २० विश्वकप खेल्ने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ क्यान उच्चबाट सन्दीपले सफाइ पाउने प्रतिक्षामा रहेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै फैसला आएर सन्दीप निर्दोष ठहरिए विश्वकपमा लैजाने बताइरहेका छन् ।

जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । सो पुनरावेदनमा यसअघि ४ पटक पेसी तोकिएको भए पनि विभिन्न बहानामा सुनवाइ स्थगित भइरहेको छ ।

आज सुनवाइ सुरु भएमा आजै फैसला हुन पनि सक्छ । यदि बहस लम्बियो भने न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि फेरि बहस सुचारु गर्नेछन् । जसले सुनवाइ सुरु गर्यो त्यही न्यायाधीसले फैसला गर्नुपर्ने हुन्छ ।

सन्दीपका वकिलहरु मुद्दा लम्ब्याउने पक्षमा छैनन् । गौशाला २६ का वकिलहरु भने विश्वकपपछिसम्म मुद्दालाई धकेल्ने रणनीतिमा रहेका छन् ।

१,जेष्ठ.२०८१,मंगलवार १०:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्