केयुकेएलको व्यवस्थापन र युनियनवीच लाजको पसरोमा सहमति (सहमतिको सूची)

काठमाडौं । “…लाई भन्दा देख्नेलाई लाज” भन्ने उखान काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का युनियनहरु र व्यवस्थापनका लागि बनेको जस्तो देखियो ।

करिव १२ महिना पहिले नगरपालिका र गाउँपालिकाको प्रमुखको भन्दा ठुलो खर्च बर्च गरेर मृत्यु र मुक्तीको लडाई जस्तो गरेर आधिकारीक टेड्र युनियनको निर्वाचन भएको थियो । कार्याकाल सकिन करिव ९ महिना बाँकि हुदाँ केयूकेएल व्यवस्थापन र आधिकारीक टेड्र युनियनवीच केहि बुदाँमा सम्झौता भएको केयूकेएल आधिकारीक टेड्र युनियन स्रोतले बताएको छ ।

युनियन र व्यवस्थापनवीच सम्झौता हुन राम्रो हो । तर, सम्झौता पत्र सरसर्ति हेर्दा “नुन नहालेको तरकारी जस्तो” खल्लो छ । प्रमुख कार्यकारीको रोहबरमा भनेर टाउँकैमा लेखिएको छ । हरेक तमासुकहरुमा रोहोबरवालाहरुको हस्ताक्षर हुनु आवश्यकता हुन्छ । रोहोवरवालाको हस्ताक्षर किन भएन । कम्तीमा यति मेहनत गरेर सिफारीस गरिने छ । प्रेश गरिने छ । अनुरोध गरिने छ भन्ने माग पुरा भएको सम्झौता पत्रमा रोबरवालाले हस्ताक्षर नगरेर आधिकारीक टेड्र युनियनको आँखामा छारो हाल्न खोजिएको हो वा युनियनले अन्य कर्मचारीहरुको आँखामा तेजाव हालेको हो त्यो भविष्यमा बुझिने नै छ ।

आफु सिइओ हुदाँ युनियनका मागमा ध्यान नदिने ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन । त्यसको औचित्य नै छैन भन्दा पनि हुन्छ । फेरी यस्ता माग र मागमा सहमति भएको विषय देख्दा “…लाई भन्दा देख्नेलाई लाज” लाग्नु पर्ने हो ? के हो सिफारीस गरिने छ । सिफारीस त गरिएको हो मागपुरा भएन के गर्ने त भन्ने ठाउँ र अवसर सबै सहमतिका बुदाँमा झलझली देख्न सकिन्छ ।

भ्रष्टाचारीहरुले भ्रष्टाचार भन्दा अन्य विषयमा ध्यान पुर्याउदैनन भन्ने किवदन्ती छ, त्यो केयुकेएलको सहमति भएका बुदाँमा छर्लङ्ग देख्न सकिन्छ ।

४,जेष्ठ.२०८१,शुक्रबार १९:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्