गृहमन्त्री रवि लामिछानेकै नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने कार्यदलमा सहमति

काठमाडौं । कांग्रेसको माग अनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो ।

कार्यदल बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । अहिले सहमतिको ड्राफ्ट गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ ।

८,जेष्ठ.२०८१,मंगलवार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्