अमेरिकी डलरको भाउ तीन दिनदेखि स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

गत शनिबारदेखि स्थिर रहेको डलरको भाउले मंगलबार पनि निरन्तरता पाएको हो।

शनिबारदेखि एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिदमा १६८ रूपैयाँ ९२ पैसा र बिक्रीमा १६९ रूपैयाँ ६८ पैसा पाइन्छ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रूपैयाँ १३ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ९५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४० पैसा र बिक्रीमा २८ रूपैयाँ ५३ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ५२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ४८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ।

८,जेष्ठ.२०८१,मंगलवार ११:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्