नेपाली बजारमा सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडोै । काठमाडौ नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

९,जेष्ठ.२०८१,बुधबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्