प्रधानमन्त्रीसँग मागेका छौं, सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफः रमेश लेखक (भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ ।

बालुवाटारमा बसेको सत्तापक्ष र कांग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने– आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उृभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं। यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं। दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।

११,जेष्ठ.२०८१,शुक्रबार १८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्