साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१३,जेष्ठ.२०८१,आईतवार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्