राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश

काठमाडौ । काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायले राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रतिवेदन पेश गरेका हुन्।

उक्त अवसरमा राष्ट्रपति पौडेलले महालेखापरीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए/नभएको र अनियमितता वा हानी-नोक्सानी भए/नभएको विषयमा अझै गहन रूपले परीक्षण हुने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख गरे।

साथै उनले महालेखापरीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

१३,जेष्ठ.२०८१,आईतवार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्