बढ्यो अमेरिकी, अष्ट्रेलियन डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ २८ पैसा र बिक्रीमा १७० रूपैयाँ ०५ पैसा पाइन्छ। सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ०४ पैसा र बिक्रीमा १६९ रूपैयाँ ८० पैसा तोकिएको थियो।त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ २१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ १३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७९ पैसा तोकिएको छ।त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६३ पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २६ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६६ पैसा तोकिएको छ।

१५,जेष्ठ.२०८१,मंगलवार ११:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्