विद्युतीय सवारीमा धेरै अध्ययन गरेर करका दर चलाएका हौं: राजस्व सचिव

काठमाडौ । काठमाडौ विद्युतीय सवारीमा धेरै अध्ययन गरेर नै करका दर चलाएको राजस्व सचिव राम प्रसाद घिमिरेले बताएका छन्।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव घिमिरेले यस्तो बताएका हुन्। उनले अहिले पनि विद्युतीय सवारी साधन प्राथमिकतामै रहेकोले यसमा करका दर धेरै नचलाइएको बताएका छन्।

विद्युतीय सवारीमा लिएको यसअघिको नीतिले सुरूमा धेरै उत्साहित भएको कारणले सुधार गर्नु परेको उनले बताए। बजेटले सबै खाले विद्युतीय सवारीमा कर बढाएको छ।

सरकारले यसअघि आलु, प्याज र स्याउ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न लिइएको थियो। तर, त्यसअनुसार प्रभाव नपरेको र तल्लो वर्गलाई असर गरेको कारण हटाइयो पनि उनले बताए।

यसअघि आलुको आयातमा भन्सार विन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।

यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पुर्‍याइएको छ। तर, आलुमा लाग्ने गरेको भ्याट भने हटाइएको छ।

चालु आर्थिक वर्षको बजेटबाट आलु, प्याज, स्याउमा भ्याट लगाउन सुरू गरिएको थियो। बजेटले भ्याट हटाएर भन्सार महसुल बढाएको हो।

१६,जेष्ठ.२०८१,बुधबार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्