धेरै दबाबकाबीच पनि सानो आकारको बजेट ल्यायौं: अर्थसचिव मरासिनी

काठमाडौ । काठमाडौ अर्थसचिव मधु प्रसाद मरासिनीले धेरै दबाबकाबीच पनि तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याइएको बताएका छन्।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव मरासिनीले यस्तो बताएका हुन्।

उनले वित्त आयोगले दिएको सीमाको आधारमा अझै ऋण उठाउन सकिने आधार भए पनि सोभन्दा कम लिन लागिएको पनि स्पष्ट पारे।

अर्थसचिव मरासिनीले अर्थतन्त्रमा उत्साह आएन शिथिलता आएन भन्ने भाष्य चिर्ने गरी बजेटमा कार्यक्रम ल्याइएको समेत दाबी गरे।

बजेटले आम जनताको आत्मविश्वास बढाउन सहयोग पुग्ने, निजी क्षेत्रलाई लगानीमा सहज हुने क्षेत्रका पूर्वाधारलाई प्राथमिकता दिइएको उनले बताएका छन्।

१६,जेष्ठ.२०८१,बुधबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्