कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त भएका छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले डा. सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उप प्राध्यापकको रूपमा कार्यरत छन् ।

उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । उनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिरहेका छन् ।

२०,जेष्ठ.२०८१,आईतवार ०९:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्