पछिल्ला दुई चुनावमा ल्याएका सीटहरुको जोडफल भन्दा धेरै सिट ल्याउने भारतीय नेपाली कांग्रेसको संकेत

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुई चुनावमा ल्याएका सीटहरुको जोडफल भन्दा धेरै सिट ल्याउने देखिएको छ ।

एक सय अंक नजिक लिड गरिरहेको कांग्रेसले लिड गरेको यो संख्या पछिल्ला दुुई चुनाव जोड्दा आउने भन्दा धेरै हो ।

सन २०१४ मा ४४ सिट र सन २०१९ मा ५२ सीट ल्याएको कांग्रेसले अहिले ९९ स्थानमा लिड गरेको भारतको एनडिटिभीले उल्लेख गरेको छ । पछिल्ला दुई चुनावका सबै सीट जोड्दा ९६ सिट मात्रै पुग्ने भारतीय कांग्रेसलाई यो ठूलो राहत हो ।

यद्यपि यहि संख्या अन्तिमसम्म पुग्ला वा नपुग्ला भन्न चै कुर्नुपर्ने हुन्छ । तर, यो चै सत्य भएको भारतका एक्जिट पोलहरुको आँकडा असत्य देखिएका छन् ।

२२,जेष्ठ.२०८१,मंगलवार १२:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्