पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले अर्को महिना फैसला सुनाउने

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

२३,जेष्ठ.२०८१,बुधबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्