राजनीतिक दवावका कारण कुनै पनि अपराधका घटना नदब्ने गृह मन्त्री लामिछानेको स्पष्टी

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् न्युनिकरणको पूर्वतयारीमा सम्पूर्ण ध्यान केन्द्रीत गरेको बताएका छन ।
बुधबार प्रतिनिधिसभा बैठकमासांसदहरुले उठाएका बिषयको जवाफ दिर्दै लामिछानले मनसुन पूर्वकार्यतथा प्रतिकार्य राष्ट्रिय कार्यायो जना पारित गरि प्राकृतिक विपदका जोखिम न्यूनिकरण गर्न सरकारले ध्यान केन्द्रीत गरेको जानकारी दिएका हुन ।

उहाले विपद्को सूचना दिनेदेखि हरेक दिन प्रेस बुलेटिन निकाल्ने समेत जानकारी दिए । प्रदेश सरका र र स्थानीय सरकारसँग निरन्तर समन्वय गर्दै सरकारको कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उनले बताए । लामिछानले यस बर्ष ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपदमा उद्धार र राहत दिनु पर्ने आंकलन रहेको उल्लेख गरेका छन । जेठ १९गतेदेखि आगामी असोज१९गतेसम्मका लागि मनसुनकोसमय यकिन गरेर पूर्वतयारी गरिएको उहाको भनाइ छ ।

उनले विपद्सँग प्रत्यक्ष सरोकार राख्ने ११ वटा मन्त्रालय, ७ प्रदेश, ७७ जिल्ला र सात सय ५ ३ वटै पालिकाहरु आफ्नो भुमिकामा जिम्मेवार बन्ने गरी काम अघि बढाइएको बताए । त्यस्तै उनले राजनीतिक दवावका कारण कुनै पनि अपराधका घटना नदब्ने स्पष्ट पारे ।

२३,जेष्ठ.२०८१,बुधबार १८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्